भरतपुरं। विदेशबाट स्थल मार्ग हुँदै नेपालमा जिउँदो कुखुरा र अण्डा तथा मासु आयातमा प्रतिबन्ध छ तर पछिल्लो समय सीमा क्षेत्रबाट खुलेआम कुखुरा र मासु आयात भइरहेको छ । नेपालमा अहिले कुखुराको उत्पादन घट्दो अवस्थामा रहेको र बजार भाउ बढ्दै गएको मौका छोपी लुकिछिपी कुखुरा र यसको मासु आयात बढेको व्यवसायीको गुनासो छ ।
उताको बर्डफ्लुको जोखिम यता आउने र यता पनि नेपाली कुखुरा उत्पादकमा यसको प्रभाव देखिने उनको भनाइ छ ।नेपालको बजारमा अहिले जिउँदो कुखुराको मूल्य प्रतिकिलो २५० रुपियाँको हाराहारी छ । मासु भने अहिले चितवनको बजारमा प्रतिकिलो ३५० रुपियाँमा कारोबार भइरहेको छ, काठमाडौँमा अझै बढी छ ।
कुखुरा व्यवसायी मञ्चका कार्यकारी निर्देशक शिवप्रसाद बराल अहिले भारतबाट लुकिछिपी आइरहेका कुखुरा रोक्नुपर्ने धारणा राख्छन्। “भारतबाट कुखुराको अवैध आयात रोकिएन भने यसले ठूलो प्रभाव पार्छ,” उनले भने।
अहिले भारतबाट कति कुखुरा र मासु भित्रिइरहेको छ भन्ने यकिन तथ्याङ्क कसैसँग छैन तर पनि अहिले बजारमा खपत भएको झन्डै एक तिहाइ मासु भारतबाट आयात भएको व्यवसायीको दाबी छ । गोरखापत्र दैनिकबाट


















