कोरोना भाइरस १७१ जना सङ्क्रमित थपिए

66

काठमाडाैं – नेपालमा कोरोना भाइरसका १७१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार ६०२ जना पुगेको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा तीन हजार ९०७ जनाको पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका १७१ सङ्क्रमित थपिएका हुन् । अहिलेसम्म २० लाख ८५ हजार ५७३ वटा पीसीआर परीक्षण भइसकेको छ ।

देशका विभिन्न अस्पतालबाट २२७ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको मन्त्रालयले जनाएको छ । याेसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६७ हजार२९२ जना पुगेको छ । नेपालमा कोरोना निको हुनेको प्रतिशत ९८.४१ मा उक्लेकाे छ ।

अहिलेसम्म  दुई हजार २७७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेकाले आइसोलेशनमा बसेर उपचार भैरहेकाे छ । क्वारेन्टिनमा ९२ जना मात्र  छन् । पछिल्लो चौबीस घण्टामा दुई जना सङ्क्रमितकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा दुई हजार ३३ जनाकाे मृत्यु भैसकेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here