केटु आरोही पुर्जालाई सदभावना दूत नियुक्त

138

काठमाडाैं –  विश्वको दोस्रो ठूलो सर्वाेच्च शिखर केटु हिमाल आरोहण  कीर्तिमान कायम गरेर गरेर देशकाे सिर उचाे राखेका नेपाली टोलीका नेतृत्वकर्ता निर्मल पुर्जालाई नेपाल पर्वतारोहण संघले सदभावना दूतमा मनोनयन गरेको छ।

संघले सन् २०२१ भरिका लागि आरोही पुर्जालाई सदभावना दूत नियुक्त गरेको हो।  उनले यो एक वर्षको अवधिमा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालका हिमालका साथै नेपाल पर्वतारोहण संघको प्रचारप्रसार गर्नेछन्।  विश्वमै सबैभन्दा कम समय ६ महिना ६ दिनमा संसारका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको सफल आरोहण गरी किर्तिमान बनाएका पूर्जालाई १ लाख रुपैयाँ नगद पुरस्कारसमेत प्रदान गरिएको थियो।

यसबिच संघले केटु आरोहण टोलीका १० जना नेपाली आरोहीलाई नेपाल पर्वतारोहण संघको १० वर्षको सदस्यता नविकरण शुल्क  मिनाहा गर्ने निर्णय गरेको छ।  केटु आरोही निर्मल पुर्जासँगै मिङ्मा डेभिड शेर्पा, पेमछिरी शेर्पा,गेल्चिन शेर्पा ,पेम छिरी शेर्पा, दावातेम्बा शेर्पा, मिङमा जी, दावा तेन्जिन शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पा छन्।

संघकी उपाध्यक्ष एवं सगरमाथा आरोही संघकी अध्यक्ष माया शेर्पाको अध्यक्षतामा गठित समितिको शुझाव अनुसार शुल्क मिनाहा गरिएको थियो।  यसैबिच कार्यक्रममा आरोही निर्मल पुर्जाले आफूले प्राप्त गरेको १ लाख रूपैयाँ पुरस्कार कुनै नौलो योजनाका साथ हिमाल आरोहण गर्न जाने नेपाली आरोहीलाई प्रदान गर्ने घोषणा गरे।

उनले नेपाल पर्वतारोहण संघ आफ्नो घरजस्तै भएकोले यसको प्रचारप्रसारमा आफू सकृय रहने प्रतिबध्दता ब्यक्त गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here