सरकारले कोभिड–१९ विरुद्धको पहिलो चरणको खोप अवधि लम्ब्याइयाे

61

काठमाडौं ।  नेपालमा काेराेना भाइरस  (कोभिड–१९) विरुद्धको खोप अभियान सुरु भएको एक साता वितिसकेकाे छ ।  तैपनि सरकारले पहिलो चरणअन्तर्गत खोप दिन सुरु गरेको दश दिनभित्र पहिलो डोज खोप लगाइसक्ने लक्ष्य  राखेको भएता पनि ६ दिनमा २६.३१ प्रतिशत लक्षित वर्गले मात्रै खोप पाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारसम्मको तथांकानुसार देशभर एक लाख १३ हजार १७५ जनाले कोभिड–१९ विरुद्धको खोप लिएका छन् । जसमध्ये प्रदेश नम्बर–१ मा १५ हजार ३२९, प्रदेश नम्बर–२ मा १५ हजार २४, वाग्मती प्रदेशमा ४० हजार २७२, गण्डकी प्रदेशमा १३ हजार ९०२ लुम्बिनी प्रदेशमा १४ हजार ६४० कर्णली प्रदेशमा ६ हजार १३१ र सुदूरपश्चिम प्रदेशमा सात हजार ८५७ जनाले खोप पाएका हुन् ।

सरकारले पहिलो चरणमा अग्रपंक्तिका स्वास्थ्यकर्मी, एम्बुलेन्स तथा शववहान तथा एम्बुलेन्स चालक, सुरक्षाकर्मी र सफाइकर्मीलाई मात्र दिने निर्णय गरे पनि १० लाख डोज खोप चार लाख ३० हजारजनालाई दिन पुग्ने भएपछि लक्षित वर्ग थप गरेको थियो । थप गरिएका वर्ग कैदीबन्दी तथा वृद्धाश्रममा हेरचाहमा खटिएका कर्मचारीलाई खोप वितरणमा पनि ढिलाइ देखिएको छ ।  सरकारले १० दिनमा पहिलो डोज खोप दिइसक्ने लक्ष्य राखेर माघ १४ गते खोप अभियान सुरु गरेको थियो ।

अभियानअन्तर्गत सोमबारसम्म ७७ वटा जिल्लाका १९१ वटा बुथबाट खोप वितरण गर्दै आएको छ । तर, यी बुथ सबै लक्षित वर्गका लागि पर्याप्त नभएकाले खोप वितरणमा ढिलाइ भएको प्रदेश फोकल पर्सनहरुले बताउँदै आएका छन् । सुदूरपश्चिम प्रदेशका फोकल पर्सन डा. कृष्णप्रसाद पौडेल भन्छन्, ‘‘प्रदेशमा तोकिएका १० वटा खोप केन्द्रबाट १६ हजार स्वास्थ्यकर्मीलाई खोप दिन सम्भव भएन । खोप केन्द्र थपेर सबैलाई पुर्‍याउने प्रयास गर्दैछौँ । खोप लिन एक दिनभरि हिँडेर आउनुपर्ने अवस्था पनि छ ।

यसले गर्दा तोकिएको समयसीमाभित्र खोप पुर्‍याउन चुनौती छ ।’’  त्यस्तै, प्रदेश–१ मा पनि ६ दिनमा ४३ प्रतिशतले मात्रै खोप पाएका छन् । प्रदेश–१ मा २५ खोप केन्द्रबाट बढाएर ३३ वटा बनाइए पनि कैदीबन्दी र वृद्धाश्रममा कार्यरत् कर्मचारीका लागि खोप पुर्‍याउन अझै नसकिएको प्रदेश फोकल पर्सन डा. ज्ञानेन्द्रबहादुर बस्नेतले जनाए ।  समय थप्ने तयारी छैटौँ दिनमा एक तिहाइ लक्षित वर्गमा पनि खोप पुग्न नसकेपछि सरकारले पहिलो चरणको खोप दिने अवधि बढाउने भएको छ ।

खोप विभागका प्रमुख डा. झलक गौतमका अनुसार १० दिनमा पहिलो डोज खोप वितरण नसकिएमा लम्ब्याएर १३ देखि १५ दिनसम्म पुर्‍याइनेछ । यो अवधिमा पनि नसमेटिएका लक्षित वर्गलाई दोस्रो चरणमा खोप दिने योजना रहेको डा. गौतमले जनाएका ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here