कथानक चलचित्र गोर्खे रिलिजकाेे मिति घाेषणा

465
प्राविधिकहरुले मिलेर निर्माण गरेको चलचित्रले गोर्खाली सैनिकको बहादुरीको कथा भन्छ । किम्मत गौतम निर्देशित चलचित्रमा रविन्द्रसँगै अञ्जली अधिकारी, अर्जुन गुरुङ, एन्जेल श्रेष्ठ, आश्मी लामा, आश्मी श्रेष्ठ, बाल्दिप राईलगायतका कलाकारहरुको पनि अभिनय छ । कोजु इन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थ राम कोजु र हरि थापाले चलचित्रको निर्माण गरेका हुन् ।
गोर्खे बन्ने सपना बोकेका ५ युवाहरुको कथा वाचन गर्ने  चलचित्रमा काजी लिम्बुको कथा, हिमाल केसीको द्वन्द्व, सौरभ लामा र निरज कँडेलको छायांकन, मित्र डि. गुरुङको सम्पादन, छिन्दु पाख्रिन र हरि लम्सालको संगीत छ । पोखरा, काठमाडौंलगायतका स्थानमा खिचिएको चलचित्रको ‘सिन्की अचार’ बोलको गीत चर्चामा छ । यस चलचित्रले सिनेमा हलमा दर्शक तान्ने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here