काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले बुटवलमा यतिबेला शक्ति प्रदर्शन गरिरहेको छ । बुटवलमा विभिन्न स्थानवाट (यालीसहित बुटवलको सिद्धेश्वरी मैदानमा सभा हुनेछ ।
आमसभापूर्व पूर्वपश्चिम राजमार्गको अस्पताल लाइनबाट र्याली निकालिएको छ । प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरेका प्रधानमन्त्री ओलीले आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
सभालाई महासचिव विष्णु पौडेल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी र मुख्यमन्त्री शंकर पोखरेललगायतले सम्बोधन गर्नेछन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले शनिबार हुने आमसभा देशकै ठूलो र ऐतिहासिक हुने दावी गरेका छन् । आमसभामा प्रदेशका २ लाख नागरिक उतार्ने उनको दावी छ ।
यसअघि ओली पक्षले काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो । प्रधानमन्त्री ओलीले आजै बुटवलमा केवलकार शिलान्यास गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले सबैभन्दा पहिला बुटवलको चिडियाखोलादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्ने केबलकारको शिलान्याश गर्न लागेका हुन् ।


















