सेनाको बस दुर्घटना हुँदा बसमा सवार १० जना गम्भीर घाइते

174

बाँकेको राप्ती सोनारी गाँउपालिका २ मुगुवा खोलामा नेपाली सेनाको बस दुर्घटना हुँदा बसमा सवार १० जना गम्भीर घाइते समाचार प्राप्त भएकाे  छ  ।

सोलु नाम्चेबाट कालिकोट शमसेर गुल्मको लागि हिँडेको ना ५ ख ५९१ नम्बरको बसमा नेपाली सेनाका क्याप्टेन उमेश राईसहित २३ जना सवार थिए। जसमध्ये १० जना गम्भीर घाइते भएका हुन्।

उक्त बसको गति अनियन्त्रित भई दुर्घटना भएको सशस्त्र प्रहरी बल बाँकले जनाएको छ।

दुर्घटनाबारे जानकारी पाउना साथ सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेबाट तत्कालै एपीएफ टोली उद्धार कार्यको लागि खटिएको थियो।

गम्भीर घाइते भएकालाई उपचारको लागि नेपाली सेनाको अस्पताल नेपालगन्ज राझातर्फ पठाइएको  सशस्त्र प्रहरीका नायव उपरीक्षक सुरेश गैरेले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here