आजदेखि चौथो नेपाल–बङ्गलादेश युवा सम्मेलन

99

काठमाडौं। कोभिड–१९ का कारण प्रभावित हुँदै आएको चौथो नेपाल–बङ्गलादेश युवा सम्मेलन आजदेखि काठमाडौंमा शुरु हुदै छ । दिगो विकास लक्ष्य, जलवायू परिवर्तन तथा प्रकोप नियन्त्रण, युवा सहभागिता र उद्यमशील विकासका विषयमा सम्मोलन केन्द्रित हुने आयोजक प्रतिनिधि अभिनव चौधरीले जनाएका छन्।

युवा विकास केन्द्र र साउथ एसिया पार्टनरसिप (साप) नेपालको आयोजना तथा बङ्गलादेश राजदूतावास, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय युवा परिषद्को सहकार्यमा हुने सम्मेलनमा दुई देशको व्यापारका सम्बन्धमा युवाको भूमिकाका विषयमा छलफल हुनेछ । सम्मेलनमा दुवै देशका कलाकारले लोक संस्कृति प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here