एनआईसी एशियाको स्वामित्वमा रहेको तीन कम्पनीको शेयर लिलामी

79

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तीन कम्पनीको लिलामी शेयरमा परेको गोप्य शिलबन्दी बोलपत्र हिजाे खोलिएको छ ।

आरएमडिसी लघुवित्त वित्तीय संस्था, महुली सामुदायिक लघुवित्त वित्तीय संस्था र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोलपत्र  खोलिएकाे छ  ।

कम्पनीले माघ ८ गतेदेखि १२ गतेसम्म आफ्नो स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त वित्तीय संस्थाको ४ लाख ३६ हजार ३६१ कित्ता, महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको ६१ हजार २०० कित्ता र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ५ लाख ९८ हजार ५८९ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको थियो ।

कम्पनीले आरएमडिसी लघुवित्तको शेयरको हकमा न्यूनतम मूल्य प्रतिकित्ता रू. ५२३, महुली लघुवित्तको प्रतिकित्ता रू. ८१२ र मेरो माइक्रोफाइनान्स लघुवित्तको प्रतिकित्ता रू. ४६३ तोकेको थियो ।

यो शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here