आधा भाले र आधा पोथी अंश रहेको चरा भेटियो

174

एजेन्सी । अमेरिकामा  आधा भाले  र  आधा पोथीको  स्वरूप  भएको  चरा  भेटिएको  छ  ।

चराविद्  जेमी  हिलले  आधा  भाले  र  आधा  पोथी  अंश  रहेको  चराको  फोटो  सार्वजनिक  गरेका हुन् ।  उनले फेला पारेको त्यस चराको  फोटोले  यतिबेला  विश्वभरका  संरक्षणकर्मीको  ध्यान तानेको छ ।

उनले  विगत  ४८  वर्षदेखि  चराको  अध्ययन  गरिरहेका छ । पछिल्लो समय  काठ  फोरुवा  लहाँचे  चराको खोजीमा रहेका उनीले  दुई  लिङ्गी  भएको  चरासँगको  साक्षात्कार  हुँदा  लहाँचे  भेटिए  जत्तिकै  खुसी  व्यक्त गरेका छन् ।

एउटै  शरीरमा  भाले  र पोथीको रङसहित अण्डाशय र डिम्बाशय दुवै अङ्गसमेत भएको चरा  विश्वमै  दुर्लभ मानिन्छ  ।  आफूले  लाखौँ चराको अध्ययन  गरे  पनि अहिले भेटिएको त्यो चरा निकै दुर्लभ भएको उनले  जनाएका छन् ।

चरा  भेटिएपछिको  आफ्नो अनुभूति फेसबुकमार्फत सार्वजनिक गर्दै उनले दुवै लिङ्गी भएको नर्थन कार्डिनल चराको बारेमा बताएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here