आज कोरोना संक्रमित १२० जना थपिए

62

काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२० जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ६०८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ८३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ७६६ पुगेको छ।

देशभर हालसम्म ८३२ जना सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ६ हजार १ सय ४३ पीसीआर परीक्षण भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १० पुगेको छ।

गत २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ५८ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ४६, ललितपुरका ५ तथा भक्तपुरका ७ जनामा संक्रमण पुष्टि भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here