काठमाडौँ– पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीलाई पितृ शोक परेको छ। गिरीका बुवा लोकमणि गिरीको शनिबार दिउँसो ८३ वर्षको उमेरमा निधन भएको छ।
गिरीको तुलसीपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो। वि.सं. १९९४ सालमा जन्मिएका गिरीले नेपालका लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए। उनको निधनप्रति पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदनमा प्रकट गरेका छन्।