महिला दिवसको अवसरमा विभिन्न संस्थाको संयुक्त प्रेस विज्ञप्ति

78
काठमाडाैं । एक सय ११ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा सामाजिक न्यायका लागि ऐक्यवद्ध नागरिक समाज गठबन्धनको तर्फबाट संयुक्त रुपमा प्रेस विज्ञ्रप्ती जारी गरिएको छ ।

सामाजिक न्याय, मानव अधिकार तथा विभिन्न अधिकारको क्षेत्रमा क्रियाशिल १८ वटा सामाजिक संघसस्थाले विज्ञप्ति जारि गदै महिला दिवसको अवसरमा देश विदेशमा रहनु भएका सम्पुर्ण नेपाली दिदिबहिनीहरुमा सुख,शान्ति,समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका हुन । साथै विज्ञप्तिमा  महिला दिवसले समस्त नेपाली महिला दिदीबहिनीहरु बिच आपसी सद्भाव र एकता कायम गर्नुका साथै लैंगिक समानता, महिला सशक्तीकरण र महिलाहरुको हक अधिकार प्राप्तिको अभियानमा एकीकृत भई अगाडि बढ्ने प्रेरणा प्रदान होस भन्ने शुभकामना पनि व्यक्त गरिएको छ ।फ्रीडम फर अल नेपाल९फान० ,सोच नेपाल युथ एड्भोकेसी नेपाल,छुवाछूत विरुद्धको बिश्व संजाल, एड्भोकेसी फोरम, निलहरा समाज,अपाङ्गता महिला संघ नेपाल,ग्लोबल पिस फाउन्डेसन,महिला सुरक्षा दबाब समूह, मुस्लिम महिला कल्याण समाज,आडवान नेपाल,डानर नेपाल कोक्याप नेपाल, हुमन राईट फिलिम सेन्टर, युथ एक्सन नेपाल ,साइन नेपाल,हर नेपाल अपाङ्गता संगठन नेपाल लागाएत १८ वटा संस्थाहरु को हस्ताक्षेर रहेको छ ।

लैंगिक विकास र सशक्तीकरणका विविध आयामहरु मध्ये सबै क्षेत्रका महिलाहरुको आर्थिक ,सामाजिक, राजनैतिक तथासंस्थागत सशक्तीकरण गर्दै सामाजिक विभेदको समुल नष्ट तथा सबैप्रकारका हिंसा, दुव्र्यव्यवहार, अन्यायको अन्त्य गर्नु वर्तमानको आवश्यकता हो ।  लैंगिक समता र समानताका लागि समाजका सबै वर्ग समुदायको समान सहभागीता, पहुँच र योगदानको सुनिश्चित नभई दिगो विकास हुन सक्दैन । महिला र पुरुषको समान एवं सारभुत सहभागीता बिना समाजको समतामूलक विकास असम्भव जस्तैः छ । यो यथार्तलाई तार्किक रुपमा पुरा गर्न राज्य तथा सबै सरोकारवालाहरुले सशक्त योगदान गर्दै, महिलाहरुलाई रोजगारीमा अवसर, आर्थिक सशक्तिकरणमा वृद्धि,  न्यायमा सहज पहुँच, विकासमा अर्थपुर्ण सहभागीता र लाभको समान बाँडफाँड गर्दै समानताको पुस्ता निर्माण गर्न वातावरण बनोस् विज्ञप्तिमा लेख्रिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here