तेह्रथुम – लालिगुराँस नगरपालिका-९ काँडे बस्ने राजन भट्टराईको घरमा गाईलाई खोले पकाउने क्रममा मंगलबार बेलुकी आगलागी हुँदा सुन तथा चाँदीका गहना, नगद ९० हजार रुपैयाँ लगायत बिभिन्न सामान जलेर करिब ११ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


















