अमेरिका–मेक्सिको सीमानामा लामो तस्करी सुरुङ भेटियो

52

एजेन्सी / अमेरिकी अधिकारीहरुले अमेरिका–मेक्सिको सीमानामा हालसम्मकै लामो तस्करी सुरुङ पत्ता लागेको जनाएका छन् । चार हजार तीन सय नौ फिट (एक हजार तीन सय १३ मिटर) लामो सुरुङमा लिफ्ट, रेल ट्र्याक, पानीको निकास, भेन्टिलेसन र उच्च भोल्टेजको विद्युतीय केबल पनि छ ।

सुरुङ मार्ग मेक्सिको शहरको तिजुआनाको औद्योगिक क्षेत्र र क्यालिफोर्नियाको सान डिएगोसँग जोडिएको छ ।
अनुसन्धानका क्रममा कोही पनि गिरफ्तारीमा नपरेको र कुनै लागुऔषध फेला नपरेको अधिकारीहरुले जानकारी दिएका छन् । सुरुङको पछाडि कसलाई शङ्का गरिएको छ भन्ने बारेमा उनीहरुले केही जनाएका छन् ।

तर अमेरिकी अधिकारीहरुले बताएअनुसार मेक्सिकोको सिनालोआ कार्टेल यो क्षेत्रमा लागुऔषधको तस्करी गर्ने विश्वको एक ठूलो सङ्गठन हो । यसका संस्थापक तथा लामो समयसम्म नेतृत्व गर्ने जाओक्विन ‘ईआई चापो’ गुजम्यान अहिले अमेरिकाको जेलमा कैद छन् । यो सुरुङ गएको अगस्ट महिनामा पत्ता लागेको हो । गएको बुधबार सुरुङ मार्ग सार्वजनिक गर्नुअघि मेक्सिकोको अधिकारीहरुले सुरुङको प्रवेशद्वार पत्ता लगाएका थिए भने अमेरिकी अनुसन्धानकर्ताहरुले मापन गरेको थिए ।

अमेरिकी सीमा शुल्क र सीमा सुरक्षाले सुरुङको तल्लो सतहको औसत गहिराइ ७० फिट ९२१ मिटर०, उचाइ ५ दशमलव ५ फिट र चौडाइ २ फिट रहेको बताएको छ । यसलाई बनाउन कति समय लाग्यो भन्ने बारेमा प्रस्ट भैसकेको छैन । सान डिएगो होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशनका कार्डेल मोरेन्टले भने, ‘यो विशेष परिष्कृत सुरुङको सहायताद्वार अन्तर्राष्ट्रिय तस्करहरुलाई समय बचाउन सघाउ पुगेको थियो । जसबाट सहजै सीमा वारपार गर्न सकिन्थ्यो ।’

बयानका अनुसार सान डिएगो को ओटे मेसा औद्योगिक गोदाम क्षेत्रमा सुरुङको एक संदिग्ध पूर्वनिकासलाई अवरुद्ध गर्दै अनेक मार्ग बनाइएको थियो ।  सन् २०१६ पछि मेक्सिकोसँगै जोडिएको क्यालिफोर्निया सीमामा दर्जन बढी परिष्कृत सुरुङ भेटिइसकेका छन् । सन् २०१४ मा सान डिएगोमा दुई हजार ९ सय ६६ मिटर लामो दोस्रो लामो सुरुङ भेटिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here