काठमाडौं । नयाँ समीकरण निर्माणको विषयमा संस्थागत निर्णय लिन जनता समाजवादी पार्टीले बिहीबार कार्यकारिणी समितिको बैठक बोलाएको छ। सो बैठकले पार्टीको आधिकारिक र संस्थागत लाइन तय गर्ने जसपाका अध्यक्ष उपेन्द्र यादवले बताए।
सो छलफलले कार्यकारिणी समितिको बैठकका लागि तीनवटा अजेन्डा तय गरेको छ। पहिलो अजेन्डामा समसामयिक राजनीतिको विषयमा छलफल हुने, दोस्रो अजेन्डामा समायोजन र अन्य विविध विषयमा कार्यकारिणी समितिको बैठकमा छलफल हुने पार्टीका नेताहरूले जनाएका छन्। नागरिक दैनिकबाट


















