अफगानको काबुलमा बम बिष्फोट हुँदा तीनको निधन

170

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा आज बम बिष्फोट हुँदा ३ जना मारिनुका साथै ११ जना घाईते भएक छन। अफगानिस्तान सरकारका कर्मचारीहरु चढेको बसलाई सडकमा बिष्फोट भएको बमले क्षतिग्रस्त बनाएको थियो। घटना को को परे भनि स्पष्ट जानकारी दिईएको छैन।

अफगानिस्तानमा शान्ति प्रकृया छिटो अघि बढाउन अफगानिस्तानको सरकार तालिवानतथा अमेरिका र रसियाका प्रतिनिधिहरुको बैठक मस्कोमा बसे लगत्तै काबुलमा बम बिष्फोट गरिएको थियो। काबुल प्रहरीका प्रवक्ताले घटनाको पुष्टि गरेपनि बिस्तृत जानकारी दिन ईन्कार गरेका छन।

अफगानिस्तान सरकारको सूचनातथा प्रविधि मन्त्रालयका कर्मचारीहरुलाई कार्यालय ल्याउनकालागि बस भाडामा लिईएको थियो।

यो विष्फोटको जिम्मेवारी कसैले लिएको छैन। तर अफगानी सरकारले बिष्फोटमा तालिवान बिद्रोहीको हात हुन सक्ने जनाएको छ। सरकारी कर्मचारी, नागरिक समाचार र पत्रकारको हत्या गर्ने अभियान तालिवानले चलाएको सरकारले आरोप लगाएपनि तालिवानहरुले भने त्यसको खण्डन गरेका छन।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here