अदालतमा भ्रष्टाचारका दर्जनौं मुद्दा ‘जाम’

83

शर्माविरुद्धको भ्रष्टाचार मुद्दा अन्तिम चरणमा पुगेर पनि सर्वोच्चमा सुनुवाइ रोकिएको छ । शर्माले आफ्नो कृषिलगायत आय गणना नगरी सर्वोच्चले आफूलाई दोषी ठहर गरेको भन्दै उनले पुनरावलोकन गरेका थिए ।

२८ पटक पेसी तोकिएको मुद्दा अन्तिम सुनुवाइका लागि १२ चैतका लागि पेसी तोकिएको छ । शर्माले लिएको आय गणना विषयमा सर्वोच्चले फैसला गर्दै व्याख्या गरेसँगै भ्रष्टाचार मुद्दा सुनुवाइ ‘कसरी अगाडि बढ्छ रु’ भन्ने अर्थ राख्नेछ ।

यसअघिका भ्रष्टाचार मुद्दामा दोषी भएका व्यक्तिलाई छाडेर शर्माको भ्रष्टाचार मुद्दामा सर्वोच्चले गर्ने फैसला अन्य व्यक्तिका लागि नजिर बन्न सक्नेछ ।

अन्तिम सुनुवाइ भइसकेको मुद्दा फैसला ढिलाइ हुँदा अन्य ‘हाई प्रोफाइल’ भ्रष्टाचार मुद्दा प्रभावित बनेको छ । शर्माविरुद्धको मुद्दा पछिल्लो समय गत २९ माघमा न्यायाधीशहरू पुरुषोतम भण्डारी, सुष्मालता माथेमा र मनोजकुमार शर्माको पूर्ण इजलासमा ‘हेर्दा हेर्दै’मा राखिएको छ ।

यसअघि उनको मुद्दामा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी र न्यायाधीश सुशीला कार्कीको संयुक्त इजलासले ३० वैशाख २०५५ देखि २८ वैशाख २०५७ सम्म शर्मा निगमको कार्यकारी निर्देशक रहेका बखत भ्रष्टाचार गरेकाले ५३ लाख ९९ हजार ७ सय ८० बिगो असुल हुनुपर्ने ठहर गरेको थियो ।

सर्वोच्चले बिगोबराबरको जरिमानाका साथै नौ महिना कैद र महाप्रबन्धकजस्तो सार्वजनिक ओहोदामा रही भ्रष्टाचार गरेकाले थप तीन महिना कैद हुने फैसला सुनाएको थियो । राजधानी दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here