पाँचथरमा जीप दुर्घटना हुँदा चालकको मृत्यु

171

पाँचथर/पाँचथरको याङवरक गाउँपालिकामा बुधबार जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

याङवरक गाउँपालिका– १, च्याङथापू जाँदै गरेको मे १ ज ३५६ नम्बरको जीप याङवरक–३ यलम्बर चोकमा दुर्घटना हुँदा सवारी चालक फिदिम नगरपालिका–२ पल्लोटारका ३५ वर्षीय फूलकुमार राईको मृत्यु भएको हो।

जीप सडकबाट करीब २०० मिटर तल खसेको थियो। दुर्घटनामा घाइते चालक राईको उपचारका क्रममा जिल्ला अस्पताल फिदिममा मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते फिदिम–२ का २२ वर्षीय आशिष राईलाई उपचारका लागि झापा पठाइएको प्रहरीले जनाएको छ। -रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here