काठमाडाैं – बुधबार परेको पानीले काठमाडौं उपत्यका लगायतका केही ठाउँको वायु प्रदूषण केही मात्रामा कमी भएकाे छ । हल्का बर्षाद्का कारण हिजो अस्तिको तुलनामा वायु प्रदूषण कम भएको हो ।
हिजो पानी परेको र हावासमेत चलेका कारण प्रदूषण केही घटेपनि भोलिदेखि पानी पार्ने प्रणाली कमजोर हुने र डढेलो नियन्त्रण नभएसम्म वायु प्रदूषण कायमै रहने जनाइएको छ ।
वर्षाले वायुमण्डलमा धेरै दिनदेखि थुप्रिएको घातक प्रदूषण घटाउन सहयोग पुगेको मौसमविद्ले बताएका छन् ।तराइमा अझै पानी पर्ने सम्भावना नभएकाले वायु प्रदूषण केही दिन रहने छ ।


















