चीनबाट अनुदानमा प्राप्त चिनियाँ खोप बुधवारदेखि लगाउने

344

काठमाडौं । सरकारले चीनबाट अनुदानमा प्राप्त कोरोनाविरुद्धको खोप बुधवारदेखि लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अघिल्लो सोमवार नेपाल आइपुगेको कोरोनाविरूद्धको ‘भेरासेल’ नामक खोप बुधवारदेखि लगाउन शुरू गरिने जानकारी दिए ।

उनले चीनमा अध्ययन गरिरहेका विद्यार्थी, जो हाल नेपालमा छन्, अध्ययनको सिलसिलामा चीन जाने तयारीमा रहेका विद्यार्थी, चीनसँग व्यापार गरिरहेका व्यवसायीलगायतलाई उक्त खोप लगाउने जानकारी दिए । चीनले गरेको कडाइका कारण कोरोनापछि चीनबाट नेपाल फर्किएका विद्यार्थी हालसम्म अध्ययनका लागि फर्किन पाएका छैनन् ।

चीनले गत माघ तेस्रो साता ३ लाख र त्यसको १ महीनापछि थप ५ लाख डोज कोरोनाविरुद्धको खोप अनुदानस्वरूप नेपाललाई दिने निर्णय गरेको थियो । तर, प्रक्रियागत ढिलाइका कारण गएको सोमवार मात्र उक्त खोप नेपाल आइपुगेको थियो ।

सरकारले गत माघ १४ गतेदेखि भारतीय अनुदानमा प्राप्त १० लाख डोज कोभिडशिल्ड खोपबाट कोरोनाविरुद्धको खोप अभियान शुरू गरेको थियो । आर्थिक अभियान दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here