संघ संस्थाद्धारा दाङ जिल्ला प्रहरी प्रमुखको विदाई

346

शरद रेग्मी
तुलसीपुर/ दाङ जिल्ला वाट सरुवा भएर काठमाडौ जान लाग्नु भएका जिल्ला प्रहरी कार्यालय प्रमुख एस.पी.दुर्गा सिंह चन्दलाई विदाई गरिएको छ । आईतवार तुलसीपुर क्षेत्रमा रहेका विभिन्न सामाजिक संघ संस्थाहरुले एक कार्यक्रमका विच विदाई गरेका छन् ।

तुलसीपुर उद्योग वाणिज्य संघले एक कार्यक्रमका विच कार्यसम्पादन र क्षमताको मूल्याङ्गन गर्दै जिल्ला प्रहरी प्रमुखको विदाई गरेको हो । संघका अध्यक्ष विर वहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर नगरविकास समिति, रिर्पोटर्स क्लव दाङ र सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुरले संयुक्त रुपमा विदाई गरेका हुन ।

सो अवसरमा वोल्दै एस.पि. सिंहले दाङ वसाई क्रममा सहयोग गर्नु हुने सबै तह र तप्कालाई धन्यवाद समेत दिनु भएको छ । उहांले नागरिक को सहयोग र सूचना वाट मात्रै प्रहरीले समाजमा शान्ति स्थापना गर्न सफल हुने जनाउनु भयो ।

उहांले जिल्लामा आमनागरिकहरुमा मनोवैज्ञानिक शुरक्षा दिलाउन समेत सबैको सहयोग चाहिने भन्दै दाङ जिल्लालाई आफूले सदैव संझिरहने जनाउनु भयो ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष विमल रिजाल , इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटा, तुलसीपुर नगरविकास समितिका अध्यक्ष यज्ञ वहादुर के.सी., रिर्पोटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मी लगायतले मन्तव्य व्यक्त गर्नु भएको छ । कार्यक्रममा संघका वरिष्ट उपाध्यक्ष राम प्रसाद चालिसेले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने संचालन संघका महासचिव रुप वहादुर खत्रीले गर्नु भएको थियो ।

यता दाङका जिल्ला प्रहरी प्रमुख दुर्गा सिंह चन्दको केन्द्रीय ब्युरो इन्टेलिजन काठमाडौंमा सरुवा भएको छ भने दाङ प्रहरी प्रमुखमा कृष्णहरी शर्मा पोख्रेल आउदै हुनुहुन्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here