कोरोना विरुद्धको खोप सम्पूर्ण नागरिकलाई उपलब्ध गराउन सरकारसँग आग्रह

212

काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले कोरोना विरुद्धको खोप सम्पूर्ण नागरिकलाई उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन् । शनिबार विहान काठमार्डौको नयाँ बजारमा भएको एक कार्यक्रमा बोल्दै नेता सिंहले कोरोनाको तेस्रो लहरको जोखिम बढेकाले सम्पूर्ण नागरिकलाई खोपको व्यवस्था गर्न सरकारले विशेष तयारी थाल्न आग्रह गरेका हुन्।

उनले काँग्रेस नेतृत्वको सरकारको पहिलो प्राथामिकता कोरोना नियन्त्रण हुनुपर्ने समेत बताएका हुन् । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले कोरोना विरुद्धको खोप सम्पूर्ण नागरिकलाई उपलब्ध गराउने बताईसकेको भन्नदै सिहंले त्यसै अनुसार काम थाल्न सरकारलाई आग्रह समेत गरेका छन् ।

कोरोना संक्रमणको तेस्रो लहरको जोखिम उच्च छ । यस्तो बेला सरकारले कोरोना विरुद्धको खोप सम्पूर्ण नागरिकलाई व्यवस्था गर्नु पर्छ ।’उनले थपे ‘प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले कोरोना विरुद्धको खोप सम्पूर्ण नागरिकलाई उपलब्ध बताउनु भएको छ, विश्वास गरौं काम पनि त्यसै अनुसार हुने छ ।’

साथै नेता सिंहले छत्रपाटि निशुल्क चिकित्सालयको नयाँ भवन निमार्णका लागी सहयोग गर्नेहरुलाई धन्यवाद समेत व्यक्त गरेका थिए । कार्यक्रममा ढड लाख रुपैयाँ सहयो गर्नु हुने ब्यक्तित्व हरुलाई धन्यवाद तथा सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here