चैत २९ देखि दराजको ‘नव वर्षको भव्य सेल’ सुरु

56

काठमाडौँ/दराजले चैत्र २९ देखि नव वर्षको भव्य सेल सुरु हुने घोषणा गरेको छ।

नयाँ वर्षको अवसरमा दराजले आफ्ना ग्राहकहरुलाई आश्चर्यजनक डिलहरू, रमाइलो अफरहरु, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, उत्कृष्ट पुरस्कार साथै बम्पर उपहारमा नयाँ ड्याटसन रेडी गो जित्ने अवसर लिएर आएको जनाएको छ।

नव वर्षको प्रमुख आकर्षणहरूमध्ये एक पेमेन्ट पार्टनर छुट रहेको छ जसमा ग्राहकहरुले सिमित डेबिट र क्रेडिट कार्डबाट प्री–पेमेन्ट गर्दा एक हजारदेखि रु १५ सयसम्म छुट् पाउन सक्नेछन्। डेबिट कार्ड भएकाहरूले एक हजारसम्मको थप छुट पाउनेछन् र क्रेडिट कार्ड भएकाहरूले १५ सयसम्मको थप छुट पाउनेछन्।

नबिल बैंक, सानिमा बैंक, एनएमबि बैंक, मेगा बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सनराइज बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र हिमालयन बैंक पेमेन्टर पार्टनर रहेको कम्पनीले जनाएको छ।

साथै ग्राहकहरुले आफ्नो ई–सेवा वालेटको माध्यमबाट भुक्तानी गरे सीमित घण्टाको लागि सयसम्मको विशेष छुट पाउन सक्छन्। त्यति मात्र नभइ, ग्राहकहरुले खेल १ रुपैयाँको, एड टू कार्ट, मिशन नव वर्ष जस्ता गेमहरुमा भाग लिइ थुप्रै उपहार जित्न सक्ने कम्पनीको भनाइ छ।

‘दराज नव वर्ष २०७८’को लागि उत्साहित भएको दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले जनाए।

उनले भने, ‘गएको एक वर्ष महामारीको कारणले समय निकै कठिन थियो। तर हामी विश्वस्त छौँ कि नयाँ वर्ष २०७८ हामी सबैको लागि राम्रो समय रहने छ। हामी हाम्रो नयाँ वर्षको भव्य सेल सुरु गर्न धेरै उत्साहित छौँ। हजारौँ विक्रेता र ब्रान्ड पार्टनरहरूको साथ हामी विभिन्न नयाँ उत्पादहरू, आश्चर्यजनक डिलहरू, रमाइलो अफरहरु र अनलाइन भुक्तानीमा विशेष साझेदार छुटहरु लिएर आउदै छौँ। मलाई आशा छ कि यस अभियानले हाम्रा सबै ग्राहकहरुका लागि उत्तम अवसरको रूपमा काम गर्नेछ र उहाँहरुको सबै किनमेल आवश्यकताहरु पूरा गर्नछ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here