प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको खाेप छिट्टै ल्याउने

83

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  कोरोनाविरुद्धको खाेप छिट्टै ल्याउने जनाएका छन्। आइतबार बालुवाटारमा भएको पत्रकार सम्मेलनमा खोप ल्याउन पहल गरिरहेको जनाएका हुन्।

उनले बाहिरबाट औषधि,पिपिइ,अक्सिजनलगायत अत्यवश्यक स्वास्थ्य सामग्रीहरू पनि ल्याइरहेको जनाए। उनले भने, ‘हाम्रो ध्यान खोपको प्रबन्ध गर्नेमा छ, चीन, भारत, अमेरिका, बेलायत लगायत देशहरुसँग कुराकानी गरिरहेका छौ, खोप ल्याउने प्रयास जारी छ,निकट भविष्यमा खोप आउँछ।’

उनले भारतबाट १० लाख डोज खोप केही कारणले रोकिएको बताए। ‘२० लाख खोपका लागि भुक्तानी गरिसकेका थियो,’उनले भने,‘१० लाख आएको छ,बाँकी १० लाख केही कारणले रोकिएको छ,यसमा केही मिसन पत्रकारिता गर्ने भ्रम फैलाइरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here