चीनमा कोइला खानीभित्र १३ श्रमिक थुनिए

168

एजेन्सी ।  चीनको सिनजियाङ प्रान्तको एक कोइला खानीमा पानी भरिँदा १३ श्रमिक थुनिएका छन्। स्थानीय प्रशासनले खानीभित्रै थुनिएका ती श्रमिकहरूको उद्धारकार्य भइरहेको जानकारी दिएको छ।

खानीबाट उद्धारकर्मीहरूले अहिलेसम्म ८ श्रमिकलाई निकालेका र १३ जना अझै भित्रै थुनिएको चिनियाँ सञ्चारमाध्यमहरूमा उल्लेख छ। श्रमिकहरूलाई निकाल्न अहिले खानीभित्र अक्सिजन पठाइएको र त्यहाँ रहेको पानी पम्पले तानेर निकाल्ने काम भइरहेको उद्धारकर्मीहरूले  जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here