सडक विस्तारबाट घरबार गुमेकालाई न्याय दिलाउनका लागि अन्तर्क्रीयात्मक कार्यक्रम

95

काठमाडौं । सरकारकाे तर्फबाट गैरकानूनी रूपमा गरिएकाे सडक विस्तारबाट बालाजु,  घरबार गुमेका ३९ स्वबासीलाइ न्याय र पुनरबासका लागि अन्तर्क्रीयात्मक कार्यक्रम शनिवार सम्पन्न भयाे ।

जनसरोकार समन्वय समिति जसपा नेपाल नेवाःराष्ट्रिय समितिको आयोजनामा शनिबार विभिन्न राजनैतिक पार्टीका जिल्लास्तरिय विभिन्न पार्टीका नेता, कार्यकर्ताहरू, अधिकारकर्मी, अभियन्ता, विद्वान वकिलहरू, पत्रकारहरू, संघ संस्था, स्वतन्त्र न्यायप्रेमीहरू लगायतको संलग्नतामा बालाजु, वाईपासका ३९ घर स्वबासीहरूलाई न्याय दिलाउन र पुनरबासका लागि भएको अन्तर्क्रीयात्मक कार्यक्रम गरिएकाे थियाे ।

जनता समाजवादी पार्टी, जनसरोकार समितिका संयोज श्याम कृष्ण प्रजापतिको संयोजकत्वमा भएको साे कार्यक्रममा पिडितहरू आफ्ना धारणा राखेका थिए ।

वरिष्ठ अधिवक्ता वरिष्ठ अधिवक्ता शंकर लिम्बु, जितेन्द्र बज्राचार्य ,अधिवक्ता युद्धमान महर्जन , उपत्यका सडक बिस्तार पिडित संघर्ष समीतिका अध्यक्ष सुमन सायमी तथा उपत्यका सडक बिस्तार समितिका सचिब अशोक महर्जन , नेवा :पहिचान नेवा : राजनिति अभियान पोर्तुगलका संयोजक गंगा बहादुर नेम्कुल, नेवाः राजनैतिक अभियानबाट प्रेमराज शिल्पकार, जनसरोकार समिति खोकना जनसरोकार समिति खोकनाबाट कृष्ण भक्त डंगोलले पिडितहरुलाई न्याय दिन नयाँ ढंगको संघर्ष आवस्यक रहेको धारणा राखे आअफ़्नो धारणा राखे ।

विभिन्न राजनैतिक दल  नेकपा एमाले (नेपाल खनाल), नेकपा माओवादी केन्द्र, जनता समाज वादी पार्टी, नेकपा ( बिप्लव )  का जिल्ला पार्टीगत प्रतिनिधिहरुले यो बिषयलाइ केन्द्री स्तरमा पुर्याउने प्रतिबद्दता व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here