मध्यभोटेकोसी जलविद्युत आयोजनाले आइपिओ स्वीकृति पायो

105

काठमाडौं/मध्यभोटेकोसी जलविद्युत आयोजनाले सर्वसाधारणका लागि (आइपिओ) निष्कासनको अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले मध्यभोटेकोसीलाई एक अर्ब ५० करोड रुपैयाँ बराबरको आइपिओ निष्कासनका लागि अनुमति दिएको हो। कम्पनीले सर्वसाधारणलाई एक करोड ५० लाख कित्ता आइपिओ निष्कासन गर्नेछ।

कुल सेयरमा २५ प्रतिशत सर्वसाधारणलाई छुट्याइएको छ। सर्वसाधरणलाई १५ र प्रभावित जिल्लाबासीलाई १० प्रतिशत सेयर दिइने कम्पनीले जानकारी दिएको छ। मध्यभोटेकोसीको सेयर बिक्री प्रबन्धकका रूपमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ।

धितोपत्र बोर्डले स्वीकृति दिएको २ महिनामा आयोजनाले आइपिओ जारी गर्नेछ। सिन्धुपाल्चोकमा निर्माणाधीन यो आयोजनाको क्षमता एक सय दुई मेगावाट छ। आयोजनाबाट वार्षिक ५९ करोड युनिट विद्युत बिक्री हुने अनुमान छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here