अभिनेत्री करिश्मा मानन्धर पनि आइसोलेसनमा

602

काठमाडौं– दोस्रो लहरको कोरोनाका कारण संक्रमितहरु बढिरहेका छन्। दैनिक जसो संक्रमितहरुको संख्या बढिरहँदा यसबाट कलाकारहरु समेत  प्रभावित बनेका छन्। कलाकार मदकृष्ण श्रेष्ठसहित उनका परिवारका सदस्यहरु संक्रमणको सिकार भएका छन् भने अभिनेत्री केकी अधिकारीपनि संक्रमित बनेकी छिन्। संक्रमण पुष्टि हुनुअघि यी कलाकारसँग भेटेका अन्य कलाकारहरुले पनि आफूलाई आइसोलेट गरिरहेका छन्।

अभिनेत्री करिश्मा मानन्धर बुधबारबाट आइसोलेसनमा बसेकी छिन्। आफूलाई केही लक्षण नदेखिएको भएपनि केही दिन एकान्तमा बस्ने मानन्धरले जनाएकी छिन्। कोरोना संक्रमितहरुको स्वास्थ्यको कामना गर्दै मानन्धरले बच्ने उपाय पनि सुझाएकी छिन्। उनले भनेकी छिन्‘दिनहु दुई पटक बाफ लिनु पर्नु सुझाव दिनुका साथै सबैलाई अन्य सम्पूर्ण सुरक्षा बिधिहरु अनिवार्य रूपमा अपनाउन अनुरोध गर्दछु।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here