नारद गौतमलाई जानकी साहित्य पुरस्कार प्रदान गरिने

129

गुल्मी । गुल्मीको किरण पुस्तकालय तम्घासद्वारा प्रदान गरिने जानकी साहित्य पुरस्कार कवि तथा गितकार नारद गौतमलाई प्रदान गरिने भएको छ ।

किरण पुस्तकालय तम्घासबाट प्रदान गरिने यस वर्षको जानकी साहित्य पुरस्कार रुरुक्षेत्र गाउँपालिका ४ चौतराका नारद गौतमलाई प्रदान गरिने पुरस्कार समितिले निर्णय गरेको हो ।  सो पुरस्कार आगामी २०७५ सालको मोती जयन्तीका दिन प्रदान गरिने भएको छ । नारद गौतमले सिर्जनाको क्षेत्रमा गरेको क्रियाकलाप प्रति उच्च सम्मान गदै यस बर्षको जानकी पुरस्कार प्रदान गर्न लागिएको किरण पुस्तकालयका अध्यक्ष शशि पन्थीले जनाएका छन् ।

बिहिवार किरण पुस्ताकालयमा आयोजित कार्यक्रममा जानकी साहित्य पुरस्कारको घोषणा गरिएको हो । यसभन्दा अगाडी उक्त पुरस्कार सूर्यबहादुर सेन वलीले ०७५ सालमा, भागिरथि श्रेष्ठले ०७६ सालमा र रामप्रसाद पन्थले ०७७ सालमा प्रदान गरिएको थियो ।

साहित्यप्रति अत्यन्त रुचीँ राख्ने स्वर्गीय जानकी ज्ञवाली गौतमको स्मृतिमा उनको परिवारद्धारा किरण पुस्ताकालयमा स्थापनार्थ जानकी ज्ञवाली गौतम प्रतिष्ठानको अध्यक्षकोषको व्याजद्धारा प्रत्येक वर्ष सो पुरस्कार प्रदान गर्दै आइएको छ । साहित्यकार, समाजसेवी एवं महिला अधिकारकर्मी समेत रहेकी ज्ञवालीको ०७३ साल मंसिर १२ गते अल्पायुमै निधन भएको थियो ।  स्वर्गीय जानकी ज्ञवाली गौतमले साहित्य तथा समाज सेवाको क्षेत्रमा पुर्‍याएको योगदानलाई स्मरणीय बनाउन परिवारजनले जानकी ज्ञवाली गौतम प्रतिष्ठान स्थापना गरेका छन् ।

प्रतिष्ठानको तर्फदेखि जानकी साहित्य पुरस्कारको लागि १ लाख ५१ हजार १सय ५१ रुपैयाँको अक्षय कोष किरण पुस्तकालयमा स्थापना गरिएको छ ।  सोही अक्षय कोषको व्याजबाट प्रत्येक वर्ष गुल्मी जन्मभूमी तथा कर्मभूमि भइ इतिहास, कला, साहित्यमा योगदान पुर्‍याउने व्यक्तिलाई जानकी साहित्य पुरस्कार प्रदान गर्ने गरिएको किरण पुस्तकालयका अध्यक्ष शशि पन्थीले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here