दिनदिनै काेराेना संक्रमितकाे संख्यामा बृद्वि, आज २४२८ जना संक्रमित थपिए

186

काठमाडौं-   पछिल्लो २४ घण्टामा २ हजार ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  देशभरका प्रयोगशालामा गरिएको १० हजार ४४८ जनाको पिसिआर परीक्षणमा  २ हजार ४२८ जनामा संक्रमण पुष्टि भएको हो।

नेपालमा  हालसम्म गरिएको २३ लाख ७९ हजार ४०२ जनाको पिसिआर परीक्षणमा २ लाख ९२ हजार १५२ जनामा संक्रमण पुष्टि भएको छ।  पछिल्लो २४ घण्टामा २५२ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। हालसम्म २ लाख ७६ हजार ३४५ जना संक्रमित निको भइसकेका छन्।

आज देशभर १२ हजार ६९० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसैगरि,  ८१ जना क्वारेन्टाइनमा रहेका छन्। साथै आज पाँचजनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या तीनहजार ११७ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here