हेल्थ केयरका सञ्चालक सहित ८ जना नक्कली पिसिआर रिपोर्ट दिँदै गर्दा ​पक्राउ

71

काठमाडौं/महानगरीय अपराध महाशाखाले काठमाडौंको सिनामंगलमा रहेको सुर्य हेल्थ केयर प्रा. लि. का सञ्चालक सहित ८ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुर्य हेल्थ केयर प्रा. लि. का सञ्चालक वर्ष ४४ का डाक्टर खेलानन्द प्रसाद सिंह, मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रा. ली. का एजेन्ट वर्ष ४५ का प्रकाश रायमाझी भन्ने चित्र बहादुर रयमाझी, वर्ष २२ का सरोज क्षेत्री, सुर्य हेल्थ केयरका ल्याब टेक्निसियन वर्ष ५० का प्रदीप कुमार गिरी, वर्ष २५ का अमन कुमार यादब, वर्ष ३२ का ब्रजेश पोखरेल, बिचौलिय वर्ष २२ का बादल मिरीङ्ग छिरिङ्ग रहेका छन् ।

बढि रकम लिएर नक्कली पिसिआर रिपोर्ट दिँदै आएको सुचना पाएपछि राजधानीको एउटा ल्याबमा प्रहरीले ७ गते मङ्गलबार छापा मारेको थियो। ९ हजार रुपैँयामा स्वाब नै नलि नेगेटिभ रिपोर्ट दिने सिनामंगलस्थित सुर्य हेल्थ केयरमा महानगरीय अपराध महाशाखाको टोलिले छापा मारेको हो । प्रहरीले त्यहाँबाट केही नक्कली रिपोर्ट पनि बरामद गरेको छ । प्रहरीले उक्त हेल्थ केयरमा काम गर्ने ८ जना कर्मचारीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्ण पंगेनिले जनाउनुभयो ।

सुर्य हेल्थ केयरलाई अनुसन्धान नसकिँदासम्मको लागि सेवा दिन रोक लगाएको छ । सुर्य हेल्थ केयरबाट जारी गरेको पिसिआर रिपोर्ट बिश्वस्निय नभएको भन्दै त्रीभुवन अन्तराष्ट्रीय विमानस्थलले १ सय ७२ जना विदेश जान आएका यात्रुहरुलाई रोक लगएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here