सिरी ‘ए’ फुटबलमा लाजियोले मिलानलाई हरायाे

63

एजेन्सी – इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले लाजियोसँग लज्जास्पद हार व्यहोरेको छ ।

सोमबार राति भएको खेलमा मिलानलाई लाजियोले ३-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा जाओकिन कोर्रेयाले दोस्रो मिनेटमा गोल गर्दै लाजियोलाई अग्रता दिलाएका थिए ।

खेलको ५१औँ मिनेटमा कोर्रेयाले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २-० को अग्रता दिलाए । ८७औँ मिनेटमा सिरो इम्मोबाइलले गोल गर्दै लाजियोलाई ३-० को सहज जित दिलाए ।

हारसँगै मिलानले ३३ खेलमा ६६ अंकसहित तालिकाको पाँचौँ स्थानमा छ । लाजियो ६१ अंकसहित छैटौँ स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here