एनएसएल फुटबलको शिर्ष स्थानमा

119

काठमाडौं/धनगढी एफसी नेपाल सुपर लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ।  शनिबार भएको पहिलो खेलमा धनगढीले एफसी चितवनलाई ३–० ले पराजित गरेको हो।

दशरथ रंगशालामा भएको यी दुईबीचको खेलमा पहिलो हाफसम्म कुनै गोल हुन नसकेपनि त्यसपछि भने धनगढीले ३ गोल गरेको हो । निसान लिम्बुले खेलको ६२ औँ मिनेटमा गोल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि ६८ औँ मिनेटमा ओलावाले ओलादिप अफिज तथा ७९ औँ मिनेटमा वुद्धबल तामाङले १/१ गोल गरे । जितसँगै अङ्कतालिकाको शिर्ष स्थानमा उक्लिएको धनगढीले ४ खेलबाट ७ अंक जोडेको छ ।

धनगढीले ४ खेलमा सात अंक जोडेको छ पराजित चितवन २ अंकका साथ तालिकाको पुच्छारमा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here