कांग्रेस पदाधिकारी बैठक स्थगित्

49

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज दिउँसो २ बजे बस्ने भनिएको पदाधिकारी बैठक स्थगित् भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि आजको बैठक स्थगित् भएको नेताहरुले जनाएका छन् ।

आज बस्ने भनिएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने भएपछि कांग्रेसले आज पदाधिकारी बैठक डाकेको थियो । अब कसरी अघि बढ्ने ? भन्नेबारे रणनीति तय गर्न कांग्रेस छलफलमा जुट्न लागेको हो । आजको बैठक भोलि बस्नेगरि स्थगित् भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here