प्रधानमन्त्रीलाई राजनीतिक अस्थिरता अन्त्य गर्ने अवसर : अध्यक्ष थापा

90

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएपछि राजनीतिक अस्थिरता अन्त्य गर्ने अवसर प्राप्त भएको जनाएका छन्।

प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि विद्यमान राजनीतिक विकृति र अस्थिरता अन्त्य गर्ने अवसर फेरि प्राप्त भएको बताउँदै अध्यक्ष थापाले त्यो अवसर चुनाव भएको उल्लेख गरे ।

सोमबार सामाजिक सञ्जालमार्फत थापाले जतामा गएर प्रजातन्त्रको रक्षा गर्ने वा कम्युनिस्ट घटकसँग मिलेर क्षणिक सत्तास्वार्थमा रमाउने भन्ने अग्निपरीक्षामा कांग्रेस जसपा रहेको जनाए।

उनले लेखेका छन्,‘प्रमले संसदमा विश्वासको मतलिने भएपछि विद्यमान राजनीतिक विकृतिरअस्थिरता अन्त्यगर्ने अवसर फेरि प्राप्त भएकोछ।नयाँ चुनाव नै त्यो अवसर हो। जनतामा गएर प्रजातन्त्रको रक्षागर्ने वा भ्रष्ट कम्युनिष्ट घटकसंग मिलेर क्षणिक सत्तास्वार्थमा रमाउने।कंग्रेस र जसपा अग्निपरीक्षामा छन्।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here