मास्क नलागाइ हिडेको पाइएमा सय रुपैयाँ जरिवाना

63

काठमाडौं । उपत्यकाका तीन ओटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई थप कडाइ गर्ने भएको छ । एक साथ निषेधाज्ञा लम्ब्याउने निर्णयसँगै कठाइ गरिने भएको हो ।

मंगलबार उपत्यकाका तीन ओटै जिल्लाका सीडीओकाे बैठकले अत्यावश्यक कामबिना बाहिर निस्किए कारवाही गरिने  निर्णय गरेको छ ।

निर्णय अनुसार मास्क नलागाइ हिडेको पाइएमा सय रुपैयाँ जरिवाना तिनुपर्ने भएको छ । त्यसैगरी बिनाकाम घरबाट बाहिर निस्कनेलाई संक्रामक रोग ऐनअनुसार कार्वाही गर्ने निर्णय भएकाे छ ।

 विभिन्न बहानामा मनपरि हिँड्ने, मर्निङ र इभिनिङ वाकमा निस्कने प्रवृत्ति देखिएकाले यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here