लोक सेवा आयोगको अध्यक्षमा रेग्मी

182

काठमाडौं/संवैधानिक परिषदको बैठकले लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई नियुक्त गर्न सिफारिस गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद्को बैठकले रेग्मीलाई सिफारिस गरेको हो।

सिफारिस भएका रेग्मी कांग्रेसनिकट र झापा गौरादह निवासी हुन्।  विद्यार्थी कालमा नेपाल विद्यार्थी संघमा सक्रिय रेग्मी लोक सेवा आयोगकै पूर्वसचिव हुन्। रेग्मी नेकपाको एकता भंगको फैसला गर्ने मध्येका सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीका सहोदर दाजु हुन्।

सरकारी सेवामा रहदा सबैजसो पदमा क्रमशः सेवा गरेको अनुभव सँगालेका रेग्मी २०६८ साल साउन ११ गते सचिव बनेका थिए । सचिवको  पाँच वर्ष कार्यकाल पूरा गरेर उनले ५४ वर्षको उमेरमा लोक सेवा आयोगबाट अवकाश प्राप्त  गरेका थिए ।

लोक सेवा आयोगको अध्यक्षमा सचिव शिशिर कुमार ढुंगाना र रेग्मीको नाम प्रस्तावित थियो ।प्रस्तावित संवैधानिक आयोगका पदाधिकारीको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ।​

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here