काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले ७ करोड ३० लाख बराबरको ७ लाख ३० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले शेयर खरिदको लागि कात्तिक ८ गतेसम्म न्युनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरेको छ । आईपीओ बिक्रि प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।


















