काठमाडौं । उपत्यकामा लकडाउन १५ दिन थपिने भएकाे छ । काेराेना भाइरसकाे संक्रमण निकै तेज गतिमा फैलिएकाे र लकडाउनकाे प्रभावले काम गरेकाे देखिएपछि लकडाउन थपिन लागिएकाे हाे ।
साेमवार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएसी काठमाडौंको बैठकले कडाइका साथ निषेधाज्ञाको अवधी लम्ब्याउने निर्णय गरेको हो । जारी निषेधाज्ञा २९ गते सकिँदैछ ।


















