अक्सिमिटरको कालोबजारी गरेको आरोपमा ७ जना पक्राउ

76

काठमाडौं/शरीरको पल्स र अक्सिजनको मात्रा नाप गर्न प्रयोग गरिने अक्सिमिटरको कालोबजारी गरेको आरोपमा ७ जना पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाकाे  टाेलीले उपत्यकाका विभिन्न ठाउँबाट ७ सय पर्ने अक्सिमिटरलाई कालोबजारी गरी २२ सयमा बेचेको आरोपमा ७ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा बायोप्लस फर्मा कुलेश्वरका सञ्चालक २९ वर्षीय शिखर श्रेष्ठ, बाजुराको खप्तड गाउँपालिका–६ घर भई ललितपुर कुपन्डोल बस्ने २१ वर्षीय थुमराज उपाध्याय, नानोटेक फर्मा थापाथलीका सञ्चालक २७ वर्षीय शेषकान्त अधिकारी, भीमसेनगोलाको चिरायु केडी ग्रुप प्रालिमा काम गर्ने ३९ वर्षीय पुष्कर घिमिरे, अनामनगरको आहा इन्डस्ट्रियल कम्पनीमा काम गर्ने ४४ वर्षीय विशाल आचार्य, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–६ घर भई बागबजार बस्ने २१ वर्षीय सन्तोष भण्डारी र भारत राजस्थान झुन्झुनु घर भई ढुंगेअड्डा ५५ वर्षीय जगदीशप्रसाद रानासरिया छन्।

उनीहरुलाई कालोबजारी ऐनअन्तर्गत कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले जनाए। यी अक्सिमिटर आहा इन्डस्ट्रिय कम्पनीमा काम गर्ने विशाल आचार्यले चीनबाट मास्कको तुना ल्याउँदा तुनाको बक्सभित्र हालेर ल्याएको अनुसन्धानबाट खुलेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here