जसपाका सांसदहरु दुई खेमामा विभाजित

246

काठमाण्डौ । जनता समाजवादी पार्टी (जसपा) का सांसदहरू दुई खेमामा विभाजित भएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव समूहका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार प्रतिनिधि सभामा पेस गर्नुभएको विश्वासको मतको विपक्षमा मतदान गरेका छन् भने अर्का अध्यक्ष महन्थ ठाकुर समूहका सांसहरू तटस्थ बसेकाे हाे ।

विश्वासको प्रस्तावमाथिको छलफलका क्रममा जसपाका अध्यक्ष ठाकुरले आफ्ना माग सम्बोधन गरेकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिँदै सबै मुद्दा फिर्ता लिइ दिन माग गरेका थिए । उनले संविधानमा सुधार गर्नुपर्ने आवश्यकता रहेको भन्दै आफूले संविधान संशोधनको मागलाई नछोडेको जनाए । उनले प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावको पक्ष वा विपक्षमा नरहेको भन्दै तटस्थ बस्ने जनाएका थिए ।

यता अर्का अध्यक्ष उपेन्द्र महतो भने वर्तमान सरकारको कार्यशैलीविरुद्ध कडा रूपमा प्रस्तुत भएका थिए । उनले प्रधानमन्त्री ओलीलाई मधेश र मधेशी नागरिक विरोधी भएको आरोप लगाउँदै पछिल्लो समय केही मधेशीलाई फकाउने काममा लागेको टिप्पणी गरेका छन् ।

मधेश आन्दोलनमा मानिसहरू मारिँदा प्रधानमन्त्रीले दुईरचार वटा आँप झरेको टिप्पणी गरेको भन्दै नेता यादवले प्रश्न गरे, त्यो बेला प्रधानमन्त्रीको अभिव्यक्ति के थियो ? दुईरचार वटा आँप झरेको हो । अहिले त्यही आँप खुवाउनुहुन्छ मधेशीहरूलाई ?

एउटै पार्टीका अर्का अध्यक्ष ठाकुरले विश्वासको प्रस्तावमा तटस्थ बस्ने धारणा राख्दा यादवले भने विपक्षमा उभिएको जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here