काठमाडौं । रुसको कजान शहरस्थित एक विद्यालयमा गोली प्रहारको घटनामा आठ बालबालिकासहित नौ जनाको मृत्यु भएको छ । राजधानी मस्कोभन्दा करिब ८२० किलोमिटर पूर्बमा रहेको कजान शहरमा भएको उक्त घटनामा एकजना शिक्षकको समेत मृत्यु भएको छ ।
बीबीसीका अनुसार स्थानीय सञ्चारमाध्यमले दुई जनाको समूह विद्यालयमा प्रबेश गरी अन्धाधुन्ध गोली प्रहार गरेका उल्लेख गरेको छ। उक्त घटनाको क्रममा समूहले एकजना १७ वर्षीय युवालाई बन्धक समेत बनाएको छ । घटनाको क्रममा विष्फोटको आवाज समेत सुनिएको जनाइएको छ । कजान ‘मुस्लिम रिपब्लिक अफ ततारस्तान’ अन्तगर्त पर्छ । घटनाको थप बिवरण अझै आउन बाँकी नै रहेको बीबीसीले उल्लेख गरेको छ ।


















