सिईडिबि हाइड्रोपावरकाे शेयर निष्काशन

80

काठमाडाैं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्काशन गरेको आईपीओ आज बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो ।
कम्पनीको आईपीओमा १६ लाख ३७ हजार ६५९ वटा योग्य आवेदनबाट २ करोड ४६ लाख ४५ हजार ७३५ कित्ता शेयर माग भएको थियो । यो सर्वसाधारणलाई निष्काशन गरेको २३ लाख ४१ हजार ९५४ कित्ताको १०.५२ गुणा बढी हो ।
कुल आवेदक मध्य २ लाख ३४ हजार १९५ जनाले मात्रै न्युनतम १० कित्ताका दरले शेयर पाएका छन् । त्यसमध्ये ४ जनाले थप १ कित्ता शेयर पाएका छन् । बाँकी १४ लाख ३ हजार ४६४ आवेदकको हात खाली भए ।

यस्तै कम्पनीको आईपीओमा आवेदन परेका ४ हजार ४४२ आवेदनहरु पनि रद्ध भएको छ ।

कम्पनीले बैशाख १७ गते देखि २१ गते सम्म सर्वसाधारणका लागी जारी पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here