उपनिर्वाचनमा बादलको पराजय सुनिश्चित

165

काठमाडौ । हुन त नेकपा एमालेले राष्ट्रियसभा सदस्य रामबहादुर थापा ‘बादल’लाई मतदान गर्न निर्देशन जारी गरेको छ। महासचिव ईश्वर पोखरेलले सोमबार बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा एमालेका उम्मेदवार ‘बादल’लाई मत हाल्न निर्देशन जारी गरेका छन्। तर बादलको पराजय सुनिश्चित रहेको बिष्लेषकहरुको ठहर छ ।

बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार रामबहादुर थापामगर रहको भन्दै पार्टी महासचिव पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ -‘पार्टीको उम्मेदवारको पक्षमा निर्वाचन कार्यक्रमअन्तर्गत जेठ ६ गते ९ बजेदेखि दिउँसो ३ बजेसम्म हेटौंडामा हुने मतदानमा अनिवार्य उपस्थित भई पार्टीका उम्मेदवारको चुनाव चिन्ह सूर्यमा मतदान गर्नुहुन पार्टी निर्णयानुसार निर्देशन गर्दछु।’ पोखरेलले नै बादललाई वरियताको सवालमा पार्टीमा आफ्नो प्रतिस्पर्धी ठान्दै आएका छन् ।

उपनिर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा लगायतले खिमलाल देवकोटालाई उम्मेदवार बनाएका छन्।देवकोटाको पक्षमा एमालेभित्रबाटै अत्यधीक मत खस्ने आंकलन गरिएको छ । बादल राजनीतिक रुपमा सहिद बन्ने बलियो अवस्था बिकसित भएको छ ।

यसअघि माओवादी केन्द्र बागमती प्रदेश कमिटीले राष्ट्रिसभा सदस्यमा खिमलाल देवकोटालाई विजयी गराउन निर्देशन जारी गरिसकेको छ।

माओवादी केन्द्रका बागमती प्रदेश सह–इन्चार्ज हितमान शाक्य, प्रदेश अध्यक्ष नारायण दाहाल, र संसदीय दलका नेता शालिकराम जमरकट्टेलले संयुक्त विज्ञप्ति निकालेर देवकोटालाई मत हाल्न निर्देशन जारी गरेका थिए। एमालेबीच लोकप्रिय रहेका देवकोटाको पक्षमा एमाले पंक्तिबाट अत्यधिक मत पर्ने दाबी स्थानीय एक एमाले नेताले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here