राष्ट्रपति र प्रधानमन्त्रीको कदम विरुद्ध विपक्षी पाँच दल सर्वोच्च अदालत जाने

141

काठमाडौं । संसद विघटन गरि मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदम विरुद्ध विपक्षी पाँच दल सर्वोच्च अदालत जाने भएका छन् ।
प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेर राष्ट्रपति समक्ष हस्ताक्षर बुझाएका पाँचै दलका सांसद र अन्य नेताहरु सर्वोच्च जाने भएका हुन् । १४९ जना सांसद पनि आईतबार सर्वोच्च अदालत जाने भएकाे छ ।
साे बैठकपछि मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक तरिकाले षड्यन्त्रपूर्वक संसद विघटन गरेकाले यसको सबै किसिमबाट प्रतिवाद गरिने जनाए ।
राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले भोलि आइतबार १ बजे संसद् भवनमा सबै सांसदहरुलाई नागरिकतासहित बोलाइएको जनाइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here