मुद्दा कसरी लड्ने भन्ने विषयमा विपक्षी गठबन्धनका नेताहरूबीच छलफल

66

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता गरिएको मुद्दा कसरी लड्ने भन्ने विषयमा विपक्षी गठबन्धनका नेताहरूबीच छलफल भएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवबीच छलफल गरेका थिए ।

विपक्षी गठबन्धनका शीर्ष चार नेताबीच मंगलबारको भेटमा ‘न्यायिक लडाइँ कसरी लड्ने भन्नेबारेमा छलफल’ भएको कांग्रेसका नेता रमेश लेखकले जनाउनस भयाे ।

‘अब हामी अगाडि कसरी बढ्ने भन्नेबारेमा छलफल भएको छ । सम्भवतः भोलि, पर्सिदेखि अदालतमा हुने मुद्दाको बहस र त्यसका लागि कानुन व्यवसायीको व्यवस्थापनबारे छलफल हो । कसलाई (बहसका लागि कानुन व्यवसायी) अनुरोध गर्ने भन्ने बारेमा छलफल भएको छ,’ लेखकले भने ।

शीर्ष नेताहरूबीच प्रतिनिधिसभा सदस्यहरूका तर्फबाट प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा परेको रिटका विषयमा नै केन्द्रित भएर छलफल भएको लेखकको धारणा थियो ।

जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । उक्त विघटन असंवैधानिक भएको भन्दै विपक्षी गठबन्धन सर्वोच्च अदालत गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here