नयाँ शैक्षिकसत्र सञ्चालनमा हतार नगर्न आग्रह

85

काठमाडौँ/शिक्षा क्षेत्रका विज्ञ र सरोकार भएकाहरुले कोभिड–१९ को महामारीबीच नयाँ शैक्षिक सत्रको सञ्चालन, परीक्षा सञ्चालन, नतिजा प्रकाशन र शैक्षिक नीति तर्जुमाका लागि सरकारले गृहकार्य गर्नुपर्ने सुझाव दिएका छन् ।

राष्ट्रिय युवा परिषद्, शिक्षा अधिकार अनुगमन समूह र बाल अधिकार राष्ट्रिय सञ्जाल (एनएसीजी) नेपालसँगको समन्वयमा आज भर्चुअलरुपमा आयोजित छलफल राष्ट्रिय परामर्श कार्यक्रममा जनताको सीप र क्षमताका आधारित वैकल्पिक माध्यमबाट सिकाइ निरन्तरताका लागि शिक्षकले भूमिका निर्वाह गर्नुपर्ने र तिनै तहका सरकारले नीतिगत संयोजन गर्नुपर्ने जनाइएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा। हरिप्रसाद लम्सालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सुरक्षाको मापदण्डलाइ बढी प्राथमिता दिँदै वैकल्पिक माध्यमबाट सिकाइ दिनुपर्ने तर अहिले नै नयाँ शैक्षिकसत्र शुरु गर्न हतार गर्न नहुने बताउनुभयो । शिक्षाविद् डा।विद्यानाथ कोइरालाले पढाउने भन्दा सिकाउने कुरामा जोड दिन र आधूनिकसँग्र परम्परागत प्रविधिलाई पनि उपयोग गर्न सुझाव दिनुभयो ।

अर्का शिक्षाविद् डा सुमनकोमल लुलाधरले महामारीले शिक्षाको परम्परागत प्रणालीमाथि नै पुनः विचार गर्न बाध्य तुल्याइदिएकाले त्यसअनुसार चल्नुपर्ने बताउनुभयो । नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले नयाँ शैक्षिक सत्रलाई आगामी असारबाट नभई भदौबाट शुरु गर्न सुझाव दिनुभयो ।

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) का अध्यक्ष अध्यक्ष नरेन्द्र डङ्गोल बालबालिकाको जीवन रक्षाका साथै पढ्न पाउने अधिकारको सम्मान हुनुपर्नेमा जोड दिनुभयो ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन ९प्याब्सन०का महासचिव कुमार घिमिरेले विद्यार्थीको मूल्याङ्कन प्रणालीमा परिवर्तन गर्न आग्रह गर्नुभयो । अनुगमन समितिका संयोजक शन्तराम डङ्गोलले प्राप्त सुझावलाई समेटेर शिक्षा मन्त्रालयलाई प्रतिवेदन दिइने जनाउनुभयो । -RSS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here