आरएमडीसी लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरलिलामीमा आवेदन दिने अन्तिम दिन

749

काठमाडौं । बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरलिलामीमा आवेदन दिने अन्तिम दिन सोमवार बैंकिङ समयसम्म रहेको छ ।

बैंकले आरएमडीसी लघुवित्तको १ लाख ४९ हजार ८०० कित्ता संस्थापक शेयर गत वैैशाख १४ गतेदेखि लिलामीमा ल्याएको हो ।

शेयर खरीदको लागि न्यूनतम मूल्य प्रतिकित्ता रू. ४३५ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । आवेदकले शेयर खरीदका लागि आवेदन दिंदा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

अधिकतमको लागि भने कुनै हद नलाग्ने कम्पनीले जनाएकाे छ ।  विक्री प्रबन्धकमा विओके क्यापिटल लिमिटेड रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here