बियर प्लान्टमा आगलागी

82

काठमाडौं/चौधरी उद्योग ग्राममा अवस्थित बियर प्लान्टमा आगलागी भएको छ। पूर्वी नवलपरासीको देवचुली नगरपालिका–२, स्थित चौधरी उद्योग ग्राममा आगलागी भएको हो।

आगलागीबाट उद्योगको बियर प्लान्ट र गोदाममा क्षति पुगेको बताइएको छ। बिहान ८ः२० बजेबाट  लागेको आगो अहिलेसम्म नियन्त्रणमा आइसकेको छैन।

चितवन र पश्चिम नवलपरासीबाट गरी ५ वटा दमकलबाट आगो नियन्त्रणका प्रयास भइरहेको पूर्व नवलपरासीका एसपी प्रकाश मल्लले जानकारी दिए। सेना, प्रहरी, सशस्त्र प्रहरी आयो नियन्त्रणमा खटिएको उनले बताए।

उनले भने, ‘दमकल, नेपाली सेना, प्रहरी र कर्मचारीको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ।’ आगलागीको कारण अहिले थाहा नभएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here